इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङबाट हमासका सैन्य शाखाका प्रमुख मोहम्मद सिनवारको शव बरामद गरी इजरायल लगेको बताएको छ । सेनाले मोहम्मद सिनवारको शव खान युनिसको युरोपेली अस्पताल मुनिको भूमिगत सुरुङ मार्गमा फेला पारेको बताएको हो । हमासको रफाह ब्रिगेडका कमाण्डर सिनवार र मुहम्मद शबानेहलाई मे १३ मा इजरायली सेना र शिन बेट गुप्तचर एजेन्सीले सुरुङमा मारेको थियो ।