पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा (तस्बिरहरु)

जेठ २७, २०८२ मंगलबार
पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा (तस्बिरहरु)

काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि शुरु भएको छ ।  जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा शुरु भई २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा शुरु भएको मानिन्छ । राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ । चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा–आराधना गरिन्छ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images