उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यादेशका मार्फतबाट कानूनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश नभएको बताइएको र बजेट पनि अर्थतन्त्र सुधारको अन्तिम किस्ता नरहेको जिकिर गर्नुभयो । उहाँले आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गर्नुभयो ।