पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रद्वारा जुम्लामा सिंचाई पोखरीको उद्घाटन

जेठ २७, २०८२ मंगलबार
पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रद्वारा जुम्लामा सिंचाई पोखरीको उद्घाटन

जुम्लामा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिंचाई पोखरीको उद्घाटन गर्नुभएको छ । रोजि राणा—प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिंचाई पोखरीबाट सयौं हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने बताइएको छ । यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । जुम्लाका सांसद ज्ञानबहादुर शाहीले यस सिंचाई आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images