प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमाँदारीपूर्वक लगाउन विधार्थीलाई आग्रह गर्नुभएको छ । मंगलवार राजर्षि जनक विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दैै गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । उहाँले शक्ति युगमा विद्धता, ज्ञान र दर्शनको छलफल हुने गरेको उल्लेख गर्दै चार हजार वर्षपछि त्यही ठाउामा आइपुगेको बताउनु भयो ।