नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ । काठमाडौंको कीर्तिपुरमा जारी २४ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको हो । मतदानमा ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरिएको छ । अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिष्पर्धा भइरहेको छ । उनीहरु प्यानलसहित मैदानमा उत्रिएका हुन् । खुला उपाध्यक्षका लागि राजकुमार ढकाल, भरतसिंह धामी, विकास श्रेष्ठ र गणेशबहादुर शाही मैदानमा उत्रिएका छन् ।