राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनस्र्थापनाको आन्दोलनको जारी रहेको बताउनुभएको छ । राजा महेन्द्रवीरविक्रम शाहदेवको १०५ औ जन्म जयन्तीको अवसरमा राप्रपा नेपालको राजनीतिक विभागले बिहीवार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्व. श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपयलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा रहेको बताउँदै केही व्यक्ति विशेषले चाहँदैमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउने नसक्ने बताउनु भयो । उहाँले आन्दोलन असफल भएको वा तुहिएको भन्ने नसोच्न समेत आग्रह गर्नुभयो ।