संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक

जेठ २९, २०८२ बिहीबार
संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय यता संसद अवरोध रहेको र संसदको अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि परेको बताउनु भयो । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images