नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयक शिक्षकहरुसँग भएका सम्झौताहरु अक्षरशः लागू गर्दै संसदबाट पारित हुने बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले समाज र देश बनाउन सबै एकसाथ भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले देश समृद्ध बनाउन बाटो बनाउनुपर्ने, बिजुली उत्पादन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । सामाजिक रुपान्तरणको मुद्दाको सबैभन्दा सशक्त झण्डा भने शिक्षकहरुले मात्रै उठाउनसक्ने बताउनु भयो । राजनीति र विद्यालय बीचको सहकार्य विषय सामाजिक रुपान्तरण भएको उल्लेख गर्नुभयो । स्थानीय तह र विद्यालयबीचको सहकार्यको विषय भनेको सामाजिक रुपान्तरण भएको बताउनु भयो ।