नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताउनु भयो । उहाँले अबको दशका शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लो स्तरमा पुग्न जरुरी रहेको बताउनु भयो । त्यसका लागि कक्षाकोठा भित्रको सिकाइ नबदीलकन सम्भव नरहेको जिकिर गर्नुभयो । परिवर्तनको संवाहक शिक्षक भएकाले एउटा नयाँ जोशका साथ विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्ने बताउनु भयो ।