भिजिट भिसा प्रकरणको छानविन गर्न सत्तापक्ष तयार भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएको छ । भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको अध्ययन र छानविन गर्न सत्तापक्षले प्रतिवद्धता जनाएको दाहालले बताउनुभएको हो । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणको छानविनका लागि सत्तापक्षबाट प्रतिवद्धता आएपछि प्रतिपक्षी दलहरुबीच समेत सकारात्मक वातावरण बनेको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तापक्षसँग थप छलफल चाहेको उहाँको भनाइ छ ।