प्रतिपक्षी दलहरुको अवरोध कायमै रहँदा प्रतिनिधि सभाको स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रवार १ बजेका लागि स्थगित भएको जानकारी गराउनु भयो । बिहीवारको सभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए ।