नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरुको तलव बढाउन पहल गर्ने बताउनुभएको छ । बिहीवार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहनुभएको भन्दै शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारस्ँग कुरा गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महंगी बढेको र अहिलेको पारिश्रमीकले नपुग्ने भन्दै शिक्षकको तलव बढाउन पहल गर्ने बताउनु भयो ।