अहिलेका कम्युनिष्टलाई  कम्युनिष्ट भन्न मिल्दैन, नाम मात्रै फेर्न बाँकी छः सभापति देउवा

जेठ २९, २०८२ बिहीबार
अहिलेका कम्युनिष्टलाई  कम्युनिष्ट भन्न मिल्दैन, नाम मात्रै फेर्न बाँकी छः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताउनुभएको छ ।  बिहीवार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्टहरु विश्वमै सकिसकेको बताउँदै नेपालमा भने केही बढिरहेको बताउनु भयो । उहाँले अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टहरु जस्तो नरहेको जिकिर गर्नुभयो । कम्युनिष्टहरु अहिले डेमोक्रेट भइसकेको बताउँदै आजका कम्युनिष्टहरुलाई कम्युनिष्ट भन्न नमिल्ने तर्क गर्नुभयो । अहिलेको संविधानअनुसार मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उहाँहरुलाई कम्युनिष्ट भनिरहनु नपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images