१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डीमा छात्रातर्पm सेमिफाइनल समीकरण पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बिहीवार दोस्रो दिनको खेल सकिँदा सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो । समूह ‘ए’ बाट बागमती ६ अंकसहित विजेता र सुदूरपश्चिम प्रदेश चार अंक जोड्दै उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट भने लुम्बिनी र कर्णालीले सेमिफाइनलमा स्थान बनाए । लुम्बिनीले चार अंक र कर्णालीले दुई अंक बटुल्दै शिर्ष दुई स्थानमा रहेका हुन् । शुक्रवार नै सेमिफाइनल र फाइनलका लागि प्रतिष्पर्धा हुनेछन् । छात्रमा भने लिगचरणका खेल पूरा भएका छैनन् ।