इजरायली हवाई आक्रमणबाट इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्सका प्रमुख कमाण्डर हुसेन सलामीको मृत्यु भएको छ । शुक्रवार बिहान इरानी राजधानी तेहरानमा इजरायली हवाई आक्रमणमा उनी मारिएको आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ । उनी इजरायलको पछिल्लो हमलामा मृत्यु भएका केही शिर्ष अधिकारीहरूमध्ये एक हुन् । इजरायलले इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित स्थानहरू र अन्य सैनिक केन्द्रहरूमा लक्षित हमला गरेको जनाएको छ ।