युएईमा घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीन वटा संसदीय उपसमिति गठन

जेठ ३०, २०८२ शुक्रबार
युएईमा घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीन वटा संसदीय उपसमिति गठन

द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन गरिएका छन् ।  शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो । समिति सभापति अब्दुल खानले उपसमितिको संयोजक उपसमितिको पहिलो बैठबाट तय हुनेगरी गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार समितिले घरेलु कामदारहरुको सम्बन्धमा निर्णय गर्न दलहरुको धारण समेत दिने भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images