परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादले नेपालका महत्वपूर्ण एजेण्डाहरूलाई विश्वमाझ नक्शाङ्कन गर्न सकेको बताउनुभएको छ । वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गर्न शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सगरमाथा संवादका परिणामहरूलाई कोप–३० मा पनि लिएर अगाडी बढ्ने बताउनु भयो ।