भ्रष्टाचार रोक्नका लागि उच्चस्तरिय छानविन समिति बनाउनुपर्छः सांसद बेलबासे

जेठ ३०, २०८२ शुक्रबार
भ्रष्टाचार रोक्नका लागि उच्चस्तरिय छानविन समिति बनाउनुपर्छः सांसद बेलबासे

राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले भिजिट भिषा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएको बताउनुभएको छ ।  शुक्रवार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले यस्तो बताउनुभएको हो ।उहाँले त्रिभूवन विमानस्थल अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएकाले त्यसको छानविनका लागि उच्चस्तरीय समितिको माग गरिएको बताउनु भयो । भिजिट भिसा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएकोले दोषीलाई छानविनको दायरामा ल्याइ सजायको भागीदार बनाएर विश्वसामु शिर ठाडो बनाउनेगरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images