विगतमा प्रतिपक्षीको भुमिकामा रहेकाहरुको प्रभावमा परेर अहिलेका प्रतिपक्षले संसद अवरोध गरेः सांसद शर्मा

जेठ ३०, २०८२ शुक्रबार
विगतमा प्रतिपक्षीको भुमिकामा रहेकाहरुको प्रभावमा परेर अहिलेका प्रतिपक्षले संसद अवरोध गरेः सांसद शर्मा

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले विगतमा प्रतिपक्षी भुमिकामा रहेकाहरुको प्रभावमा परेर अहिलेको प्रतिपक्षले संसद अवरोध गरेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले विगतमा प्रतिनिधि सभामा नेकपा एमालेले नौ महिनामा ५८ वटा र नेपाली काँग्रेसले २ महिनामा २२ वटा बैठक अबरोध गरेको स्मरण गराउनुभएको हो । प्रतिपक्षले जुन माग राखेर संसद अवरोध गरिरहेको छ त्यो मागबाट पछि हटेर भिजिट भिसा प्रकरणमा कम्तिमा संसदीय प्रक्रियाअनुरुप छानविन समिति बनाएर समस्या समाधानका लागि लचकता प्रश्तुत गरेको उहाँले दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images