संसदीय समितिका सदस्यहरूले विदेशस्थित नेपाली राजदुतहरू र कुटनीतिक नियोगमाथि प्रश्न उठाएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो प्रश्न उठाएका हुन् । बैठकमा नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले विदेशस्थित नेपाली नियोग र राजदुतहरूको कार्यक्षमतामाथि प्रश्न उठाउनु भयो ।