सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखेका छौँः मन्त्री पौडेल

जेठ ३०, २०८२ शुक्रबार
सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखेका छौँः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना रहेको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक वर्ष २०८२—०८३ को स्वीकृत नीति कार्यक्रममा क्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको स्पष्ट पार्नुभयो । त्यसभित्र विशेष पुनःस्थापना इकाइ बनाइ सो सेवाहरु उपलब्ध गराउने विषय समेत उल्लेख गर्नुभयो । सरकारले तयार पारिरहेको राष्ट्रिय पुनःस्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमूनाको रुमपा कम्तिमा एउटा सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको पनि उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images