अहिलेका पार्टीहरूले देशको मुहार फेर्न सक्दैनन्ः महासचिव भुसाल

जेठ ३०, २०८२ शुक्रबार
अहिलेका पार्टीहरूले देशको मुहार फेर्न सक्दैनन्ः महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिलेका बनिबनाउ पार्टीहरूले देशको मुहार फेर्न नसक्ने दाबी गर्नुभएको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दलाल पुँजीवादको गढ जस्ताको त्यस्तै रहेकाले मुलुकको सार्थक परिवर्तन हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा दरबार हटाएर प्रजातन्त्र र गणतन्त्र ल्याएको बताउँदै केही नेता फेरि त्यही दरबारमा पसेको जिकिर गर्नुभयो । उहाँले दलाल पुँजीवादसँग गठजोड गरेको राजनीतिले देशलाई मुक्ति दिन उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images