नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपाली राजनीतिमा अब नयाँ वैकल्पिक धाराको खाँचो रहेको बताएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको वर्तमान राजनीतिक चक्रले जनता वाक्क दिक्क भइसकेको बताउनु भयो । उहाँले नेपाली राजनीतिमा एउटा चक्र घुमिरहेको र त्यसले आगामी परिमाण के आउँछ भन्ने सबै नागरिकलाई थाहा भइसकेको जिकिर गर्नुभयो ।