वागमती प्रदेश १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा टिम च्याम्पियन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सम्पन्न प्रतियोगितामा वागमती कुल ३६ स्वर्णसहित टिम च्याम्पियन भएको हो । तीन दिने प्रतियोगितामा सात रजत र ११ काँस्य पदक जित्यो । यस प्रतियोगितामा एथलेटिक्समा सबैभन्दा धेरै २६ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो । त्यसमा बागमतीले १२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्न बलियो साथ दिएको हो ।