राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले यस्तो बताउनु भएको हो । उहाँले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टिओआर) समेत नभएको कारण आफूहरु सहभागि नभएको बताउनु भयो । उहाँले सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको समेत आरोप लगाउनु भयो ।