२५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्णः गभर्नर पौडेल

जेठ ३०, २०८२ शुक्रबार
२५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्णः गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालमा २५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्ण रहेको बताउनुभएको छ ।  शुक्रवार ललितपुरमा आईएमई ग्रुपको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर पौडेलले रेमिटेन्स सेवामा आईएमईको महत्वपूर्ण योगदान रहेको बताउनुभएको हो । गभर्नर पौडेलले २५ वर्षअघि निजी क्षेत्रबाट कम्पनी स्थापना गर्नु र त्यसलाई निरन्तरता दिनु ठूलो उपलब्धि भएको बताउनु भयो । मुलुकको आर्थिक वृद्धिका लागि उद्यमीहरूको जन्म र व्यवसाय सञ्चालन महत्त्वपूर्ण रहेको बताउदै गभर्नर पौडेलले आइएमईले हुण्डीको समस्यालाई हटाउन र  औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याएर देशलाई ठूलो योगदान पु¥याएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images