विद्रोही समूह, मार्च २३ आन्दोलनका नेताहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा जारी संकटलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आफ्नो इच्छा व्यक्त गरेको संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले बताउनुभएको छ । जनवरीको अन्त्यदेखि विद्रोही शासनमा रहेको उत्तरी किभु प्रान्तको राजधानी गोमा शहरमा एम २३ र एम २३ सँग सम्बन्धित राजनीतिक–सैन्य समूह कंगो नदी गठबन्धनको नेतृत्वसँगको बैठकपछि डिआरसीमा संयुक्त राष्ट्र संघका महासचिवका विशेष प्रतिनिधि बिन्टोउ केइटाले पत्रकार सम्मेलनमा यो बयान दिनुभएको हो ।