इजरायली हवाई आक्रमणपछि इरानको चेतावनीः ठूलो मूल्य चुकाउनुपर्नेछ

जेठ ३१, २०८२ शनिबार
इजरायली हवाई आक्रमणपछि इरानको चेतावनीः ठूलो मूल्य चुकाउनुपर्नेछ

इरानका सर्वोच्च नेता अली खामेनीले शुक्रवार इरानमा इजरायली हवाई आक्रमणपछि इजरायलले कडा सजाय पाउने चेतावनी दिनुभएको छ । इजरायलले आक्रमणको मूल्य चुकाउनुपर्ने उहाँको भनाइ छ । इरानी सशस्त्र बलका प्रवक्ता अबोलफजल शेखारचीले सरकारी सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्तामा इजरायलले कारबाहीको लागि ठूलो मूल्य चुकाउने बताउनु भयो । इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्सका प्रमुख कमाण्डर हुसेन सलामी, इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बघेरी र इरानको खातम अल–अन्बिया केन्द्रिय मुख्यालयका कमाण्डर घोलम अली रशिदसहित धेरै वरिष्ठ सैन्य कमाण्डरहरूको हवाई आक्रमणमा मारिएका छन् । इजरायली हवाई आक्रमणमा कम्तिमा दुई इरानी आणविक वैज्ञानिकहरू पनि मारिएका छन् । जसलाई मोहम्मद मेहदी तेहरानची र फेरेदौन अब्बासी भनेर चिनिन्छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images