संयुक्त राष्ट्र संघ महासभाले एक आपतकालीन विशेष सत्रमा गाजामा तत्काल युद्धविराम र मानवीय सहायताको तत्काल पहुँचको माग गर्ने प्रश्ताव पारित गरेको छ । प्रश्तावले सबै पक्षहरूले तत्काल बिना शर्त र स्थायी युद्धविरामको लागि पहल गर्नुपर्ने बताएको छ । यसले युद्धको विधिको रूपमा नागरिकहरूको भोकमरीको कुनैपनि प्रयोग र मानवीय पहुँचको गैरकानूनी अस्वीकारको कडा निन्दा गरेको छ । यसले गाजा पट्टीका नागरिकहरूलाई उनीहरूको बाँच्नको लागि अपरिहार्य वस्तुहरूबाट वञ्चित नगर्ने दायित्वमा जोड दिन्छ । यो प्रश्ताव पक्षमा १४९ मत, विपक्षमा १२ मत र १९ मतले पारित भयो । इजरायल र संयुक्त राज्य अमेरिका बाहेक निम्न १० देशहरूले मस्यौदा प्रश्तावको विपक्षमा मतदान गरे ।