विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँः शिक्षामन्त्री पन्त

जेठ ३१, २०८२ शनिबार
विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँः शिक्षामन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तिर्ण नभइ एनओसी दिने नहुने बताउनुभएको छ । सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताउनुभएको हो । उहाँले कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीलाई कुनैपनि हालतमा देश बाहिर पठाउनु नहुने बताउनु भयो । उहाँले कक्षा १२ पास गर्दा उनीहरुको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको बताउनु भयो । सबै राजनीतिक दलहरु एकमत भएर बोल्ड निर्णय गर्न जरुरी रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images