नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गर्नुभएको छ । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गर्नुभयो ।