केन्याका राष्ट्रपति विलियम रुटोले शुक्रवार २०२२ देखि २०२५ सम्म देशभरबाट जफत गरिएका ६ हजार अवैध हतियार नष्ट गरेको बताउनुभएको छ । अपराध विरुद्ध लड्न प्रयासहरूलाई तिब्र बनाउने प्रतिवद्धता जनाउनु भयो । केन्याको राजधानी नैरोबीको बाहिरी इलाकामा रहेको प्रहरी प्रतिष्ठानमा हतियारहरू जलाइएको थियो । जसलाई रुटोले आतंकवाद, मानव बेचबिखन र शिकार लगायतका उदाउँदो सुरक्षा खतराहरूलाई सम्बोधन गर्ने प्रमुख कोशेढुङ्गाको रूपमा वर्णन गर्नुभयो ।