नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताउनुभएको छ । सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद अवरुद्ध गरिनु राम्रो नरहेको बताउनु भयो ।