योग्य र नैतिक कर्मचारी छनोटमा लोकसेवा आयोगको भुमिका प्रशंसनीयः राष्ट्रपति पौडेल

आषाढ १, २०८२ आइतबार
योग्य र नैतिक कर्मचारी छनोटमा लोकसेवा आयोगको भुमिका प्रशंसनीयः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले योग्य, नैतिक र जिम्मेवार कर्मचारी छनोटमा लोकसेवा आयोगले निर्वाह गर्दै आएको भुमिकाको प्रशंसा गर्नुभएको छ ।  आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आईतवार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आयोगले सात दशकभन्दा बढी समयदेखि मुलुकको स्थायी प्रशासन सञ्चालनका लागि स्वच्छ र दक्ष जनशक्ति छनोट गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले लोकसेवा आयोगलाई प्रेरित, उच्च नैतिकता भएको, अनुशासित र राष्ट्रप्रति सद्भाव राख्ने कर्मचारी छनोटमा अझ सजग र चनाखो हुन आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images