राप्रपाद्वारा संसद बैठक बहिष्कार

आषाढ १, २०८२ आइतबार
राप्रपाद्वारा संसद बैठक बहिष्कार

अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अगाडि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बैठक बहिष्कार गरेको छ ।  प्रतिनिधि सभाको आईतवारको बैठकमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ गरिरहँदा राप्रपाले भने आसनमै उभिएर विरोध जनाइरहेको थियो । उभिएर बिरोध जनाइरहेका सांसदहरु बैठक छाडेर बाहिरिएका हुन् । विरोधका बाबजुद सभामुख घिमिरेले आकस्मिक समय चलाइरहनुभएको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images