रास्वपा सांसदहरुले जनप्रतिनिधिको हैसियतमा जनतालाई नै गुमराहमा राखेः सांसद डा. महत

आषाढ १, २०८२ आइतबार
रास्वपा सांसदहरुले जनप्रतिनिधिको हैसियतमा जनतालाई नै गुमराहमा राखेः सांसद डा. महत

नेपाली काँग्रेसका सांसद डाक्टर प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्वपूर्ण अवसर गुमाएको बताउनुभएको छ ।  आईतवार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एकपटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताउनु भयो । उहाँले कुनैपनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images