सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमवारदेखि गोकर्ण गल्फ क्लवमा हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगितासमेत रहेको सूर्य नेपाल प्रिमियर गल्फ सोमवारदेखि हुन लागेको हो । आयोजक प्रोफेसनल गल्फर एशोसिएशन अफ नेपालले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकार दियो । बिहीवारसम्म चल्ने प्रतियोगिता ७२ होलको प्रतिष्पर्धा हुने प्रोफेसनल गल्फर एशोसिएशन अफ नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए । ३६ होलपछि कट लागू गरिनेछ ।