नेपाली खाना प्रवद्र्धन अभियानले असार १५ गते भोजन लिपिको चौथो संस्करण आयोजना गरिने भएको छ । आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवीप्रसाद सापकोटाले अभियानले कसैलाई घाटा नपर्ने बताउनु भयो । अभियानलाई अपनत्व लिई अझ प्रभावकारी रुपमा अगाडि बढाईदिन उहाँले आग्रह गर्नुभयो । सिलौटो कटेज अनामनगरमा हुने चौथो भोजन लिपिलाई सिलौटे कटेजले अपनत्व लिई अभियान र मिसनलाई साथ दिएको प्रतित गराएको सापकोटाको भनाइ थियो ।