बंगलादेशसँगको विद्युत व्यापारमा कुनै आर्थिक जोखिम छैनः ऊर्जामन्त्री खड्का

आषाढ १, २०८२ आइतबार
बंगलादेशसँगको विद्युत व्यापारमा कुनै आर्थिक जोखिम छैनः ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको स्पष्ट पार्नुभएको छ ।  आईतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले यस्तो स्पष्ट पार्नुभएको हो । उहाँले बङ्गलादेशले अघिल्लो वर्षको विद्युत् भुक्तानी समयमै गर्न नसकेको स्वीकार गर्दै त्यो बैङ्क ग्यारेन्टीको दायराभित्र पर्ने जिकिर गर्नुभयो । उहाँले भारत र अडानी ग्रुपसँगको सम्झौता जस्तो संवेदनशील अवस्था नेपाल र बङ्गलादेशबिच नरहेको दाबी गर्नुभयो । मन्त्री खड्काले २८, ५०० मेगावाटको लक्ष्य प्राप्तिको लागि प्रक्रियागत सुधारका कामहरू भइरहेको जिकिर गर्नुभयो । उहाँले लक्ष्य प्राप्तिमा कुनै समस्या नहुने दाबी समेत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images