नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस्

आषाढ २, २०८२ सोमबार
नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस्

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई बनाउने भए पुनः एकपटक नेकपा (माओवादी केन्द्र) लाई बहुमतको सरकार बनाउने गरी समर्थन गर्न आह्वान गर्नुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पु¥याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्ने बताउनु भयो । पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको बताउनु भयो । उहाँले पार्टी प्रवेशको लहर पनि बढेको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images