सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रबि खड्का शिर्षस्थानमा रहन सफल भएका छन् । ५–अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई १ स्ट्रोकले पछि परेका छन्। सुबाश ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे। ३–अन्डर ६९ को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भूवन नगरकोटी र धन बहादुर थापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।