नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बोलिरहँदा बिचमै रोक्नुभएको छ । आईतवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिइरहनुभएका अर्थमन्त्री पौडेललाई सचेतक थिङले रोक्दै नियमापत्ति गर्नुभएको हो । उहाँले संसदभित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले मानव तस्करी लगायतका आपत्तिजनक शब्दहरू प्रयोग गरेको र वक्ता बोलिरहेको बेलामा अवरोध भएको भन्दै आपत्ति जनाउनु भयो ।