‘हुनेलाई हुने र नहुनेलाई नहुने’ भन्ने अभियान चलाउनुपर्छः मन्त्री पाण्डे

आषाढ २, २०८२ सोमबार
‘हुनेलाई हुने र नहुनेलाई नहुने’ भन्ने अभियान चलाउनुपर्छः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हुनेलाई हुने र नहुनेलाई नहुने भन्ने अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभएको छ ।  सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपालको सहकार्यमा आयोजित विकासका लागि संस्कृति विषयक विचार गोष्ठीमा मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले योजना निर्माणका समयमा आउने वडाध्यक्षदेखि भ्रातृ संस्थाको सदस्यले ल्याएको योजनामा पनि हुन्छ भन्ने परिपाटीका कारण योजना बनाउने भन्दापनि माग्ने संस्कृति बढेको बताउनु भयो । अगाडि हुँदा हुन्छ भनिदिने संस्कृतिका कारण योजना माग्नेपनि धोकामा रहने र हुन्छ भनेर बचन दिने व्यक्तिले पनि अनावश्यक बोझ बोकेर पनि टुंगोमा पु¥याउन नसक्दा राम्रो गरिरहेपनि नराम्रो हुने प्रवृत्ति बढेको उहाँको भनाई थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images