मोरक्को र पानामा द्विपक्षीय सहयोग बढाउन सहमत

आषाढ ३, २०८२ मंगलबार
मोरक्को र पानामा द्विपक्षीय सहयोग बढाउन सहमत

मोरक्कोका विदेशमन्त्री नासेर बौरिता र पनामाका विदेशमन्त्री जेभियर मार्टिनेज–आचाले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न सहमत रहेको बताएका छन् । दुवै राष्ट्रले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरूको एकरूपतालाई स्वागत गरेका छन् । दुवै पक्षले संस्कृति, खेलकुद, कला, युवा र अर्थतन्त्रको क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता जनाएका हुन् ।संयुक्त पत्रकार सम्मेलनमा बोल्दै बौरिताले भौगोलिक दूरीको बाबजुद मोरक्को र पानामामा धेरै समानता रहेको बताउनु भयो । मार्टिनेजले द्विपक्षीय सहयोग विस्तारको महत्वमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images