टर्की राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्नुभएको छ । इजरायल र इरानबीच बढ्दो द्वन्द्वको कुटनीतिक समाधानको लागि आग्रह गर्नुभएको छ । पुटिनसँगको कुराकानीमा एर्दोगानले इरान विरुद्ध हालैका इजरायली कारबाहीहरूलाई हिंसाको खतरनाक चक्रका रुपमा वर्णन गर्नुभयो । यसले क्षेत्रीय सुरक्षालाई जोखिममा पार्ने बताउनु भयो । टर्कीका नेताले आफ्नो राष्ट्रले निरन्तर कुटनीतिक माध्यमहरूलाई प्राथमिकता दिएको कुरामा जोड दिँद इरानसँगको तनाव कम गर्ने एक मात्र तरिका संवाद रहेको बताउनु भयो ।