थाई प्रधानमन्त्री पेटोङटार्न शिनावात्राले थाईल्याण्डले कम्बोडियासँगको आफ्नो सीमा बन्द नगरेको बताउनुभएको छ । विकसित परिस्थिति र सुरक्षा आवश्यकताहरूको आधारमा केही सीमा नियन्त्रण उपायहरू मात्र लिएको बताउनुभएको हो । पेटोङटार्नले थाई–कम्बोडियाली सीमा खुला रहने तर सुरक्षा मूल्याङ्कनको आधारमा क्रसिङहरूमा खुल्ने समय समायोजन गरिएको र थाई पक्षले कम्बोडियाली पक्षसँग कुराकानी गरेको बताउनु भयो । कम्बोडियाली सिनेटका अध्यक्ष सम्देच टेको हुन सेनले थाइल्याण्डले सीमा नाकामा सञ्चालनलाई सामान्य नबनाए २४ घण्टा भित्रबाट तरकारी र फलफूलको आयातमा प्रतिवन्ध लगाउने चेतावनी दिनुभएको छ ।