जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैनः वनमन्त्री ठकुरी

आषाढ ३, २०८२ मंगलबार
जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैनः वनमन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहकै सरकारहरु मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ ।  मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका असरहरु कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने जरुरी रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरुलाई तिब्र रुपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्वपूर्ण भुमिका निर्वाह गरेको जिकिर गर्नुभयो । मन्त्री ठकुरीले संसदमा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images