पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै विक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ । अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए । कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आउनुभएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्युन भएको र बेच्न समेत नसक्ने अवस्था आएको बताउनु भयो ।