एमेच्योर राहुल विश्वकर्मा र प्रोफेसनल गल्फर सुवास तामाङले जारी सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा मंगलबार संयुक्त रूपमा अग्रता बनाएका छन् । पार–७२ को गोकर्ण गल्फ कोर्समा भएको दोस्रो दिनको खेल सकिँदा एमेच्योर गल्फर राहुल र प्रो. गल्फर सुवासले समान १० अन्डर १३७ स्कोर गर्दै अग्रता लिएका हुन् । यी दुई युवा गल्फर सद्भाव आचार्यभन्दा दुई स्ट्रोकले अगाडि छन् । प्रिमियर गल्फ सूर्य नेपाल गल्फ टुर २०२४–२५ सिजनको अन्तिम प्रतियोगिता हो ।